सेन्चुरी बैंकका प्रमुख कार्यकारी गौतम कार्यकाल बाँकी छँदै बाहिरिए

0
Shares

सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले पदबाट राजीनामा दिएका छन् ।

गौतमले आइतबार संचालक समिति समक्ष आफ्नो कार्यकाल नपुग्दै राजीनामा दिएका हुन् ।

गौतम २०७५ बैशाख १९ गतेदेखि चार वर्षका लागि बैंकको सीईओ नियुक्त भएका थिए। कार्यकाल सकिन नौं महिना बाँकी छँदा गौतम बाहिरिएका हुन् ।

सञ्चालक समिति र प्रमुख कार्यकारीबीच असमजदारी उत्पन्न भएपछि उनले बीचमै बैंक छाडेका हुन् ।

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। बैंकिङ क्षेत्रमा उनको झण्डै चार दशकको अनु्भव छ। नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी नेपाल इन्डोसेज बैंक हुँदै एसबिआइ बैंक गएका थिए।

त्यसपछि उनी माछापुच्छ्रे बैंकको सीईओ भए । सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।