अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा कति आयो कटअफ ?

0
Shares

अरुण भ्याली हाइड्रोपावरको लिलामीमा ल्याइएको ४ लाख ३५ हजार ८९४ कित्ता शेयरको शिलबन्दी बोलपत्र खुला गर्ने कार्य सम्पन्न भएको छ ।

हाइड्रोपावरको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका डेपुटी सीईओ सौरभ तिमल्सिनाका अनुसार लिलामी शेयर खरीदका लागि कुल ९४८ वटा आवेदन परेको थियो । जसमा न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ४५० रुपैयाँसम्मको आवेदन परेको थियो ।

प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ३८५ रुपैयाँदेखि ३९० रुपैयाँ बीचमा आउने देखिएको तिमल्सिनाले नोटबजारलाई जानकारी दिए । शिलबन्दी खुला गर्ने काम सकिएपछि हाल आवेदन रुजु गर्ने कार्य जारी रहेकाले अन्तिम तथ्याङ्क आउँदासम्म केही परिवर्तन हुनसक्ने पनि उनको भनाई छ । 

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान ११ बजेदेखि लिलामी शेयरको शिलबन्दी बोल खुला गरिएको थियो ।
कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी प्रकृयाबाट बिक्री खुला गरेको थियो ।

उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

कम्पनीले गत बैशाख ६ देखि जेठ २ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो हकप्रदमा अवितरित भएको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।