मनकामना स्मार्ट लघुवित्तको आईपीओ २० लाख बढीले दिए आवेदन, ७२ गुणा बढी शेयर माग

0
Shares


मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन सोमबार बेलुका ५ बजेसम्ममा २० लाख बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार २० लाख १ हजार ९१९ जनाले २ करोड ६१ लाख ५५ हजार ०१० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ७२ गुणा धेरै आवेदन परेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट गरिएको सि आश्वाको आवेदन थप हुने क्रम जारी रहेकाले आईपीओ आवेदक अरु थपिनेछ । प्रारम्भिक तथ्याङ्कको आधारमा नै लघुवित्तको आईपीओ ५८ आवेदकमध्ये १ जनाले मात्र शेयर पाउने अवस्था छ । यसले ‘मनकामना स्मार्टकोे आईपीओ लगानीकर्तालाई हात्तिको मुखमा जिरा’ साबित हुने निश्चित छ ।

लघुवित्तले असार १७ गते बिहीबारदेखि १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।