बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त बिजुलीबजारबाट पक्राउ

0
Shares

 

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक अभियुक्त प्रहरीलाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका ५० वर्षीय शिशिर शमशेर जबरालाई सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बिजुलीबजारबाट पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई ४५ लाख रुपैयाँ बराबरको चेक काटी दिएको र उक्त कार्य बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १४ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।