चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकास चाहेको सी चिनफिङको भनाइ

0
Shares

चीनका राष्ट्रप्रमुख सी चिनफिङले चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमाउनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका हुन् ।

सम्मेलनमा उनले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताउनुभएको बुभिएको छ ।

विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, “चीनले आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने कुरा व्यक्त गरे ।

उक्त अवसरमा उनले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताए ।

यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गरे ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएका थिए ।

जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत–जावत तथा व्यापार आदान प्रदानका लागि सहकार्यका लागि अह्वान गरेकी थिइन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।