सामाजिक सुरक्षाकोषको विरोधमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीद्धारा प्रदर्शन

0
Shares

सामाजिक सुरक्षाकोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरु प्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले सा.सु. कोषमा आवद्घ हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए ।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरु नै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खााई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले वताए ।

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।