प्रि-ओपनिङमा ४७ करोडको कारोबार, नेप्से भने ऋणात्मक

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार बिहानको प्रि-ओपनिङ सेसनमा २८ कम्पनीको शेयर कारोबारमा आएकोमा १३ वटा कम्पनीको मूल्यमा मात्र वृद्धि देखिएको छ ।

कुल २८ कम्पनीको शेयर कारोबार भएकोमा १३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा कम कम्पनी आउँदा र आधा बढी कम्पनीको मूल्य घटेपछि नेप्सेमा सामान्य गिरावट आएको हो ।

प्रि ओपनिङमा बजार परिसूचक नेप्से २.६२ अंकले घटेर २८१५.४९ अंकमा ओर्लिएको छ । यस बीचमा २८ कम्पनीका ३ लाख १ हजार ८७४ कित्ता शेयर ८९ वटा कारोबारबाट ४७ करोड ६६ लाख ६२ हजार ६०८ रुपैयाँमा किनबेच भएका छन् ।

राष्ट्रिय बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तको शेयर मूल्य घटाएर धेरै संख्यामा प्रि ओपनिङ्गमा नै कारोबार भएपछि कारोबार रकम बढेको हो भने नेप्से घटेको छ ।

आज प्रि-ओपन सेसनमा शेयर मूल्य घटबढ भएका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।