पाँचौ दिनमा शेयर बजारमा सुधार, शेयर मूल्य धेरै बढ्ने कम्पनीमा लघुवित्तको अग्रता

0
Shares

अघिल्लो सातादेखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको छ। यसदिन नेप्से सूचक ७.२३ अंकले बढेर १२२२.०६ अंकमा पुगेको छ। लगातार चार दिन घटेको बजारमा पाँचौ दिन सुधार आएको हो ।

सोमबारको कारोबारमा नेप्से सूचक सँगै कारोबार रकम समेत बढेको छ।सोमबार १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो।

सोमबार सबैभन्दा बढी सिद्धार्थ बैकको संस्थापक शेयरको कारोबार भयो। बैंकको दुई करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । रसुवागढी हाइड्रोपावर कम्पनीको दुई करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

११ समूहको कारोबारमा १० समूहको सूचक बढेको छ भने निर्जीवन बिमा समूहको सूचक ०.६१ अङ्कले घटेको छ। सोमबार कारोबारमा आएकामध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस दिन २३ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

यसदिन अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढेको छ । शेयरमूल्य बढ्ने शिर्ष दश कम्पनीमा सातवटा लघुवित्त कम्पनी रहेका छन्। सोमबार नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.५० प्रतिशतले बढेको छ । यस दिन सानिमा इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ।