मनकामना स्मार्ट लघुवित्तको आईपीओ नतिजा कसरी हेर्ने ?

0
Shares

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ सोमबार बाँडफाड भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे उक्त आईपीओ बाँडफाँट भएको हो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, तीन हजार आवेदन रद्द

क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट, मेरो शेयरको मोबाइल एप, मनकामना स्मार्ट लघुवित्त र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन । जसमध्ये २ जना भाग्यशाली लगानीकर्ताले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपीओ नतिजा हेर्न तलका लिङ्क प्रयोग गर्नुहोस्:-

1.एनएमबि क्यापिटलको वेवसाइट

2.आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी

3. मनकामना स्मार्ट लघुवित्त वेवसाइट

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।