नर्भिक अस्पतालले सर्वसाधारणमा शेयर निष्काशन गर्ने, सूचीकरणमा पहिलो अस्पताल बन्ने


नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै प्राइभेट कम्पनीबाट आफुलाई पब्लिकमा रुपान्तरण गरेको हो ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत
आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जनाएको छ ।

योसँगै नर्भिक अस्पतालको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालिबाट रुपान्तरित भई नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड भएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका प्राथमिक निश्कासन (आइपीओ) जारी गर्ने जनाएको छ । नर्भिक अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने
पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार  ११ : ४३ बजे