नेपाल बंगलादेश बैंकबाट आइएफआईसी बैंक बाहिरिने

0
Shares

नेपाल बंगलादेश बैंकबाट बंगलादेशको आइएफआईसी बैंक बाहिरिने भएको छ। आइएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वको शेयर बिक्री प्रक्रिया थालेको छ ।

आइएफआईसी बैंकले नेपाल बंगलादेश बैंक रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक शेयर र उक्त शेयरले पाउने बोनस शेयर समेत सबै शेयर बिक्री गर्न लागेको हो।

उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको शेयर शाखामा सम्पर्क गर्न गर्नुपर्नेछ । संस्थापक शेयरधनीहरुले खरिद नगरेमा मात्र अन्यलाई शेयर बेचिने भएको छ ।

बिग मर्जरको चर्चा चलिरहेका बेला बंगलादेशबाट आइएफआईसी बाहिरन लागेको बिषयलाई अर्थपूर्ण रुपमा लिइएको छ । केहिसमय अघि बंगलादेश बैंकलाई नबिल बैंकले खरिद गर्ने चर्चा चलेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।