माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन गर्ने म्याद आज अन्तिम

0
Shares

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदँैछ । बैंकले साउन ६ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो ।

उक्त ऋणपत्रमा छिटोमा आवेदन दिने मिति साउन ९ गतेसम्म पूर्ण आवेदन नपरेपछि म्याद थप गरिएको थियो । अब लगानीकर्ताले भदौ ३ गतेसम्म आवेदन दिन सक्ने छन्।

कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । जसमध्ये ६० हजार इकाई सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

७ वर्षे अवधिको ‘१०.२५५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।