एनआइसी एशिया बैंकको चार अर्ब बराबरको ऋणपत्रमा लगानी गर्ने अन्तिम दिन

0
Shares

एनआइसी एसिया बैंकको ऋणपत्रको बिक्री आज बैंकिगं समयपश्चात बन्द हुँदैछ । एनआइसी एसिया बैंकले गत साउन ६ गतेदेखि चार अर्ब बराबरको ४४ लाख इकाई (युनिट) ऋणपत्रको निष्कासन बिक्री खुला गरेको थियो ।

यसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई बैंकले आफ्नै प्रयासमा अरु संघसंस्थालाई बेच्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५% का दरले ब्याज पाइनेछ । एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३/८४’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।

पहिलो चरणको समय (साउन ९ गते) भित्र आवश्यक मात्रमा आवेदन नपरेपछि ऋणपत्र भर्ने म्याद भदौ ३ गतेसम्म कायम गरिएको थियो ।