कामना सेवाको खुद नाफा ७० करोड, कति बाँड्न सक्छ लाभांश ?

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्ष २०७७।७८ मा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकको नाफा ४८५ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि बढेर २.१६ रुपैयाँबाट २६.४० रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा १३.७४ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ ।

बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख र वितरणयोग्य नाफा ४४ करोड ४८ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी २ करोड ६५ लाख १९ हजार रहेको बैंकले आर्जन गरेको वितरणयोग्य नाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको बैंकले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी र ७१ करोड ९६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

त्यसैगरी, बैंकको खराब कर्जा अनुपात १.५० प्रतिशत, पूँजीकोष अनुपात १३.७८ प्रतिशत, कोषको लागत ६३१ प्रतिशत, आधारदर ८.३८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४८.६१ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४ प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत, खुुद ब्याज आम्दानी २२.९२ प्रतिशत, सञ्चालन नाफा ३३४ प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।