नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ सेसनमा हरियाली छाएको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ५० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ९.०७ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८९२ दशमलव ४७ अंकमा पुगेको छ ।
यस अवधिमा ५० कम्पनीका १६ हजार ५६३ कित्ता शेयर १ करोड ७८ हजार ८०९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै शेयर कारोबारमा नयाँ व्यवस्था गरेको छ । आजदेखि प्रारम्भिक कारोबार सत्र (प्रिओपनिङ) को मूल्य सीमा साबिकको ५ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसअघि एक रुपैयाँ रहँदै आएको धितोपत्रको काराबारको न्यूनतम मूल्य परिवर्तन सीमा ‘टिक साइज’ दश पैसा कायम गरिएको छ । यसले प्रि ओपनिङमा हुने ठूलो मूल्य तार चढावलाई समेत नियन्त्रण गरेको छ ।
यस्तो छ कम्पनीहरुको मूल्यमा भएको उतार चढाव:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया