
साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६०० रुपैयाँ र चाँदीको भाउ २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी ९२ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।
गत शुक्रबार छापावाला सुन तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया