
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको ३ प्रतिशतले हुन आउने ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले नेप्सेमा जेठ २८ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले साधारण सभाका लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार जेठ १२ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया