नेप्से करिब १०० अंकले बढ्दा कुन कम्पनीका लगानीकर्ताले कमाए, कसले गुमाए ?

0
Shares


आइतबार नेप्से ३.३७ प्रतिशत अर्थात ९७. २१ अंकले बढेर २९८०.६१ अंकमा पुगेको छ ।

दिनभर २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोडमा खरीद बिक्री भएका छन् । यसदिन कारोेबारमा आएको सबै १३ वटै समुहमा हरियाली छाएको छ । बैंकिङ्गले लिड गरेको आजको बजारमा बैंकिङ्ग ४.६७ प्रतिशत, विकास बैंक ४.९८ प्रतिशतले बढेको छ भने जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड निर्जीवन बीमाको सूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबार कारोबारबाट समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालय पावर, सिंगटी हाइड्रोपावरको शेयरमा लगानी गरेकाले १० प्रतिशतका दरले नाफा कमाएका छन् ।

त्यस्तै सिद्धार्थ बैंकका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै नाफा कमाउँदा महालक्ष्मी विकास बैंक, एक्सेल डेभलोमेनट बैंक, पञ्चथर पावर कम्पेन्ट, एन आई सी एशिया बैंकले ७ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-07-18 15:00:00
SFCL 515.90 46.90 10.00
HPPL 493.90 44.90 10.00
SHEL 476.30 43.30 10.00
NGPL 627.00 57.00 10.00
SINDU 441.10 40.10 10.00
SBL 547.00 43.00 8.53
MLBL 480.00 35.00 7.87
EDBL 921.00 66.00 7.72
PPCL 398.00 28.00 7.57
NICA 1,065.00 71.00 7.14

त्यसैगरी आज सबैभन्दा धेरै एनआईविएल समृद्धि फण्ड २ का इकाइधनीले सबैभन्दा धेरै गुमाएका छन् । फन्डको मूल्य ५.३७ प्रतिशतले घटेको हो । त्यसैगरी १२ प्रतिशत गुडविल फाइनान्सल लिमिडेड डिबेञ्चरले ३ प्रतिशत, १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर, कुमारी इक्वीटी फन्ड, ८.५ प्रतिशत एसबिएल डिबेन्चरले २ प्रतिशत, १०.३५ प्रतिशत कृषि विकास बैंक डिवेन्चर, ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८२/८३ को मूल्य २ प्रतिशतभन्दा धेरै घटेको छ ।

यस्तै १० प्रतिशत सनराइज डिबेन्चर, सानिमा लार्ज क्याप फन्ड र मल्टिपपर्स फाइनान्सका लगानीकर्ताले करिब २ प्रतिशतले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-07-18 15:00:00
NIBSF2 10.23 -0.58 -5.37
GWFD83 1,160.00 -40.00 -3.33
GBD80/81 1,050.00 -26.00 -2.42
KEF 10.25 -0.25 -2.38
ADBLD83 1,060.00 -23.00 -2.12
SBLD84 981.00 -20.00 -2.00
NICAD8283 1,221.10 -24.90 -2.00
SRD80 1,028.00 -20.00 -1.91
SLCF 10.31 -0.19 -1.81
MPFL 443.00 -8.00 -1.77

आइतबार मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबारमा आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।