नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बजेट तथा बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ पेश गरेका हुन् ।
केपी शर्मा ओली सरकारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गत जेठ १५ गते उक्त अध्यादेशहरु जारी गरेको थियो ।
संसद नरहेको अवस्थामा सरकारका नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित नहुने भएपछी केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत वजेट प्रस्तुत गरेको थियो ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारि गर्ने संवैधानिक प्रावधान छ । संसद नहुँदाको अवधिमा आएका आध्यादेशहरु त्यसपछि बस्ने पहिलो बैठकमा पेश गर्नु पर्ने प्रावधान अनुसार आजको बैठकमा ती अध्यादेशहरु पेश भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया