
सन नेपाल लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साउन २५ गते सोमबार कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौँमा दिउँसोे ३ः०० बजेका लागि तेस्रो साभारण सभा बोलाएको हो ।
कम्पनीको साउन ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा/नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने एजेण्डा लैजाने भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को लागि वर्तमान लेखापरीक्षक कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । त्यस्तै, कम्पनीले सभामा सञ्चालक नियुक्तिको विषय अनुमोदन गर्ने प्रस्ताव राख्ने छ ।
कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडि र पासकोड उपलब्ध गराउने इन्स्योरेन्सले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया