गुराँस लाइफको शेयर संरचना परिवर्तन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले १० प्रतिशत संस्थापक शेयरध सर्वसाधारणमा परिणत गरेको हो ।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १० प्रतिशत अर्थात १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको जनाएको छ।

योसँगै अब कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ । यस अघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संस्थापकको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो । तर, बीमा समितिले भने संस्थापक समूहको शेयर ७० प्रतिशतबाट ६० प्रतिशतमा झार्न अनुमति दिएको थियो । त्यस अनुसार कम्पनीले शेयर संरचना परिवर्तन गरेको जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।