आठ बैंकको कर्जा निक्षेप अनुपात ८०% धेरै, औषत ७७.३८ प्रतिशत

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ मा आठ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सिडी अनुपात) ८० प्रतिशतभन्दा धेरै रहेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको औषत कर्जा लगानी ७७.३८ प्रतिशत देखिएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये विसं २०७८ असार मसान्तसम्ममा मेगा बैंकको कर्जा निक्षेप अनुपात सबैभन्दा धेरै ८२.०२ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा मेगा बैंकको निक्षेप संकलन १०.१५ प्रतिशत र कर्जा लगानी २३.८८ प्रतिशतले बढेको छ ।

यस अवधिमा नेपाल बंगलादेश बैंकको कर्जा निक्षेप अनुपात सबैभन्दा कम ६७.३७ प्रतिशत रहेको छ । बंगलादेश बैंकले गत आर्थिक वर्षमा ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप संकलन २२.१२ प्रतिशतले बढाउँदा कर्जा लगानी १५.९७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा एनआईसी एशिया बैंक, कुमारी बैंक, सानिमा बैंक, सनराइज बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंकको कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा बढी छ ।

S.N. Bank  CCD(%) of the Ashad End
1 MEGA 82.02
2 NIC 81.12
3 KUMARI 81.01
4 SANIMA 80.60
5 SUNRISE 80.41
6 CIVIL 80.38
7 SBL 80.15
8 MBL 80.09
9 NMB 79.81
10 LAXMI 79.68
11 PRIME 79.61
12 NCC 79.57
13 CENTURY 79.38
14 NABIL 79.31
15 HBL 79.24
16 BOK 77.78
17 CITIZEN 77.42
18 GLOBAL 76.31
19 NIBL 75.12
20 SCBNL 74.94
21 NSBL 74.86
22 NBL 74.34
23 ADBNL 73.33
24 PRABHU 73.17
25 EBL 72.62
26 RBB 69.74
27 NBBL 67.37
  Industry Total/Avg 77.38

कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा बढी पुगेका बैंकहरुमा यस अवधिमा एनआईसी एशिया बैंकको निक्षेप संकलन ४२.४१ प्रतिशत र कर्जा लगानी ५२.४३ प्रतिशतले बढाएको छ । कुमारी बैंकले निक्षेप संकलन २६.५३ प्रतिशत र कर्जा लगानी २४.८७ प्रतिशत, सानिमा बैंकले निक्षेप संकलन १८.८८ प्रतिशत र कर्जा लगानी ३१.५१ प्रतिशतले बढेको छ ।

यसैगरी सनराइज बैंकको निक्षेप संकलन १६.३९ प्रतिशत र कर्जा लगानी २३.३१ प्रतिशत र सिभिल बैंकको निक्षेप संकलन ५०.२२ प्रतिशत र कर्जा लगानी ५४.२६ प्रतिशतले बढेको छ ।

एक वर्षको समीक्षा अवधिमा सिद्धार्थ बैंकले निक्षेप संकलन २६.९० प्रतिशत र कर्जा लगानी २९.९६ प्रतिशत र माछापुच्छ्रे बैंकको निक्षेप संकलन २५.६९ प्रतिशत र कर्जा लगानी २३ प्रतिशतले वृद्धि गरेको छ ।

ग्त आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग सेक्टरको निक्षेप संकलन २०.३८ प्रतिशतले बढेर ४२ खर्ब १ अर्ब पुगेको छ भने कर्जा लगानी २८.०७ प्रतिशतले बढेर ३७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । कोभिड संक्रमणका कारण गत आर्थिक निक्षेप संकलन स्वभाविक ढंगमै भइरहेकाले पनि कर्जा लगानीका लागि यसले स्थिति केही सहज भएको बैंकरहरुको भनाइ छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ४ श्रावण २०७८, सोमबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।