सुनको मूल्य बढ्दै, मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

0
Shares

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।