बैंकिङ कसूर मुद्दामा फरार दुई अभियुक्त पक्राउ

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२२ घर भई सोही महानगरपालिका–१३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका मिलनलाई टोखाबाट र ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दा जान्दै पीडितहरूलाई नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटेर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भई उच्च अदालतले उक्त फैसला गरेको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।