‘प्रोफिट बुकिङ्ग’ को दबाबमा नेप्से, आकर्षक लाभांशको अपेक्षाले उकासिए ‘म्युचुअल फण्ड’

0
Shares

पछिल्ला केहिदिन यता लगातर उकालो लागेको शेयर बजार मंगलबार प्रोफिट बुकिङ्गको दबाब झेल्न नसक्दा ओरालो लागेको छ । अधिकांस समूहका सूचक ओरालो लागेपनि आकर्षक लाभांशको आशले म्युचुअल फण्डतर्फ लगानीकर्ता आर्कषित भएका छन् ।

मंगलबार लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेपछि लगानीकर्ताको ध्यान म्युचुअल फण्डतर्फ मोडिएकोे हो । लक्ष्मी उन्नति कोषले गत आवको नाफाबाट फण्डका इकाईधनीलाई कर सहित २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षमा निरन्तर बढेको शेयर बजारमा लगानी गरेका अधिकांस म्युचुअल फण्डहरुले आकर्षक लाभांश दिनसक्ने आँकलन लगानीकर्ताले गरेका छन् । शेयर बजार बढेको मौकामा शेयरमै लगानी गरेर कमाउने म्युचुअल फण्डहरुले राम्रो लाभांश दिने विश्वास लगानीकर्तामा देखिन्छ । लक्ष्मी उन्नतीले जस्तै अरु म्युचुअल फण्डले पनि आर्कषक लाभांश दिने अनुमानमा लगानीकर्ता इकाई खरिदको क्रम बढाउँदा धेरैजसो म्युचुअल फण्डको इकाई मूल्य उच्चदरले बढेको छ ।

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेको छ । नेप्से ०.३० प्रतिशतले घटेको हो । कूल २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।