नेशनल लाईफको प्रथम बीमाशुल्क ४ अर्ब नाघ्यो, कूल बीमाशुल्क १२ अर्ब माथि

0
Shares

जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा उल्लेखीय प्रगति गरेको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा एलआईसी नेपाललाई उछिनेर नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको छ ।

बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।