सरकारले भोलि साउन ६ गते बुधबार नेपालभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका अनुसार मुस्लिम धर्मावम्लीहरुको पर्व बकर इदको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय भएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै साउन ६ गते बुधबार नेप्से पनि बन्द रहने छ । धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार शेयर कारोबार हुनेछैन । अब यस साता बिहीबार मात्रै शेयर कारोबार हुनेछ ।
मंगलबार शेयर कारोबार मापक नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको छ । बिहीबार प्रि ओपनिङ सेसनमा अब यहि बिन्दुबाट कारोबार खुला हुनेछ । यसदिन कूल २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएका छ ।
लाभांश घोषणासँगै मंगलबार म्युचुअल फण्डको इकाईमा लगानीकर्ताको आकर्षण बढ्दा ६.२५ प्रतिशतले उक्त इन्डेक्स बढेको छ भने ब्यापार ३.२० र जलविद्युत १.२२ प्रतिशतले बढेको छ । अन्य १.२१ र लगानी सूचक १.०२ प्रतिशतले घटेको छ ।
मंगलबारको बजारमा लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ६ फण्डको मूल्य पनि ७ प्रतिशत बढीले बढेको छ । यसदिन राष्ट्रिय बीमा कम्पनी संस्थापक र नेपाल इन्सयोरेन्सको ५ प्रतिशत हाराहारीमा घटेको छ । मंगलबार अरुण काबेलीको सबैभन्दा ३८.७२ करोडको शेयर खरीद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया