युनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

0
Shares

युनियन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड कमलपोखरी मार्फत हुनेछ ।

यससँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गरी सूचीकरणको अन्तिम चरणमा रहेको छ ।

असार ३१, बिहीबार बाँडफाँड भएको कम्पनीको शेयर सूचीकरण पश्चात दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीको पछिल्लो परिस्कृत वित्तीय विवरण अनुसार कायम भएको तथ्याङ्क अनुसार पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११५.१३ रुपैयाँदेखि र अधिकतम ३४५.३९ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आईपीओ ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर हात पारेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।