जीवन बीमा कम्पनीको कुल बीमाशुल्क १२० अर्बमाथि, ४२ अर्बको नयाँ व्यवसाय विस्तार

0
Shares

गत आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै ३२.८४ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको २७.१५ प्रतिशत हो ।

यसैगरी नेपाल लाइफपछि एलआईसीले १७.१४ अर्ब र नेशनल लाइफले १२.१६ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनी सबैभन्दा धेरैबीमाशुल्क संकलन गर्ने कम्पनीको क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समीक्षा अवधिमा महालक्ष्मी लाइफले सबैभन्दा कम १.०६ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय ( प्रथम बीमाशुल्क ) विस्तार गरेका छन् । जसमा पनि नेपाल लाइफको सबैभन्दा धेरै ८.८२ अर्ब प्रथम बीमाशुल्क रहेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्कको २१.०१ प्रतिशत हुन आउँछ ।

नेपाल लाइफपछि धेरै प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेशनल लाइफ ४.०३ अर्ब सहित दोस्रो र एलआईसी ३.५६ अर्ब सहित तेस्रो स्थानमा रहेको छ । युनियन लाइफ इन्स्योरेन्सले पनि गत आर्थिक वर्षमा साढे ३ अर्ब माथि प्रथम बीमाशुल्क उठाएको छ ।

समीक्षा अवधिमा महालक्ष्मी लाइफले सबैभन्दा कम ०.७५ अर्ब प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा संस्थान, प्रभु लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफले गत आवमा एक अर्बभन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

S.N Life Insurance Company First Premium Total Premium Collecation in Arba
    Till 2078 Ashad  Till 2078 Ashad
1 Nepal Life Insurance  8.82 32.84
2 Life Insurance corporation 3.56 17.14
3 National Life Insurance  4.03 12.16
4 Rastriya Beema Sansthan 0.76 7.41
5 Union Life Insurance  3.18 6.77
6 Asian Life Insurance  2.13 5.92
7 American Life Insurance (Met life) 1.45 5.02
8 Surya Life Insurance  2.01 4.26
9 Prime Life Insurance  1.38 4.03
10 Gurans Life Insurance  1.68 3.68
11 Citizen Life Insurance 2.02 3.59
12 Jyoti Life Insurance  1.84 3.10
13 Reliable Nepal Life Insurance  2.21 2.99
14 Reliance Life Insurance 1.48 2.57
15 I.M.E. Life Insurance  1.59 2.79
16 Sun Nepal Life Insurance  0.91 2.22
17 Sanima Life Insurance  1.28 1.95
18 Prabhu Life Insurance  0.89 1.45
19 Mahalaxmi Life Insurance  0.75 1.06
  Total 41.97 120.95

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।