अन्य आम्दानी बढ्दा महालक्ष्मी विकास बैंकको नाफा ७१% ले वृद्धि

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MBBL) को नाफामा उल्लेखीय सुधार देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा ७१ प्रतिशतले बढेका हो।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.९३ रुपैयाँ पुगेको छ । करिब नौ प्रतिशत पूँजी बढाएको बैंकको नाफा बढेपछि प्रतिशेयर आम्दानी ५७ प्रतिशतले बढेको हो। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ५६ करोड ३८ लाख ५६ हजार रुपैयाँ छ ।

असार मसान्तसम्म बैंकले ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र एक अर्ब २ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैह्र सञ्चालन आम्दानी उच्चदरमा बढेको छ । बैंकको अन्य आम्दानी ३८६ प्रतिशतले बढेको छ । अघिल्ले वर्ष ३ करोड ३८ लाख मात्र अन्य संचालन आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा १६ करोड ४९ लाख यस्तो आम्दानी गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात ३.३२ प्रतिशत, पूँजीकोष अनुपात १३.६७ प्रतिशत, कर्जा निक्षेप अनुापत ७९.६७ प्रतिशत, कोष्को लागत ५.४४ प्रतिशत, आधार ब्याजदर ७.२८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६४.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२९ गुणा रहेको छ ।

गत आवको अन्त्यसम्म बैंकको जगेडा कोषको आकार करिब १२ प्रतिशत बढेर १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ पुग्दा शेयरधनी कोष भने ९७ प्रतिशतले बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।