हिमाल दोलखा हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँड गरिने

0
Shares

हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिहीबार बाँडफाँड हुने भएको छ । हाइड्रोपावरले ७६ करोड बराबरको आईपीओ निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहीबार अपराह्न ४ बजे शेयर बाँडफाँड हुने जानकारी दिएको छ।

हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता बाँडफाँड तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर छुट्याएइएको छ ।

सर्वसाधारणबाट निष्काशित ७४ लाख ९३ हजार ७६६ कित्ता शेयरमध्ये ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि मात्र आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।  bनिष्काशित आईपीओमा आवश्यक आवेदन नपरेपछि शेयर माग गर्नेहरुले मागेजति सबै शेयर पाउनेछन भने अवितरित शेयर प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकहरुले सकार्ने छन् ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममामाई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।