
साताको अन्तिम दिन कारोबार दिन बिहीबार नेप्सेमा हरियाली छाएको छ । दोहोरो अंकले सूचक बढ्दा नेप्सेले पुनः ३ हजार बिन्दु पार गरेको छ भने कारोबार रकम समेत उल्लेख्य बढेको छ ।
नेप्से परिसूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ अकंमा बन्द भएको छ । यसदिन ११ अर्ब बढीको शेयर खरीद बिक्री भएको हो ।
नेप्सेका अनुसार बिहीबार २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर १ लाख १४ हजार ७७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ११ करोड ४१ लख रुपैयाँ पुगेको हो । जुन अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा कारोबार रकम ३ अर्ब २२ करोड रुपैयाँले बढेको हो । मंगलबार २१९ कम्पनीको ३ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बैंकिङ्ग समुहले १.७२ प्रतिशतले बढेर बजारलार्इं लिड गरेपछि कारोबार रकम र नेप्से वृद्धिमा दरिलो टेवा पुगेको हो । बिहीबार कारोबार भएको कुल रकममा १८ प्रतिशत धेरै बैंकिङ्ग सेक्टरको कारोबार भएको छ ।
यसबीचमा म्युचुअल फण्ड सर्वाधिक ५.२७ प्रतिशतले बढेको छ भने फाइनान्स साढे १ प्रतिशतले बढ्दा जलविद्युत र निर्जीवन बीमाको सूचक सामान्य घटेको छ । आज ब्यापारमा सर्वाधिक २ प्रतिशत धेरैको गिरावट देखा पर्यो । बाँकी सूचक सामान्य घटेका छन् ।
बिहीबार कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावरको ०.८३ प्रतिशत, फाइनान्स १.५४ प्रतिशत, निर्जीवन बीमा ०.२७ प्रतिशत र म्युचुअल फण्ड ५.२७ प्रतिशतले बढेको छ ।
नेप्से ०.६३ प्रतिशतले बढेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ ४.०६ अंकले बढेर ५६२.२४ बिन्दुमा पुगेको छ ।
बिहिबार कृषि विकास बैंकको सबैभन्दा धेरै ४६ करोड २१ लाख बढीको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक, नेपाल बै.कको ३६ करोड बढी, ङादी ग्रुप पावर र सिद्धार्थ बैंकको ३० करोड बढी शेयर कारोबारमा आएको छ ।
यसदिन ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य ३ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लक्ष्मी उन्नति कोष, ङादी ग्रुप पावर, सिइडिबि हाइड्रोपावरको मुल्यमा सर्किट लाग्दा माउन्टेन हाइड्रो, पोखरा फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड, र ग्लोबल आइएमई समुन्नत स्कीम १ को इकाईमूल्य करिब दश प्रतिशतले बढेको हो ।
हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र एरभेष्ट इन्सयारेन्सको संस्थापक शेयर मूल्य ३ प्रतिशतभन्दा धेरै घटेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया