लक्ष्मी इक्वीटी फण्डले तोक्यो ३५ प्रतिशत लाभांशको बुकक्लोज

0
Shares

लक्ष्मी इक्वीटी फण्ड (LEMF) ले बुकक्लोज मिति तोकेको छ । कोषले साउन १५ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।

यसअनुसार साउन १४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको साउन ७ गते बिहीबार सम्पन्न बैठकले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ बाट ३५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेका थियो ।

लक्ष्मी इक्वीटी फण्ड आर्थिक वर्ष २०७७।७८ बाट लाभांश घोषणा गर्ने दोस्रो कोष हो ।

यसअघि साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो । लक्ष्मी उन्नति कोषले साउन १३ गते बुकक्लोज तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ श्रावण २०७८, शुक्रबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।