प्रभु बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) ले संस्थापक समूहको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलाम बढबढमा बिक्री खुला गरेको छ ।

बैंकले साउन १५ गतेदेखि २९ गतेसम्म उक्त शेयर खरीदका लागि आह्वान गरेको छ ।

उक्त शेयर खरिदका लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन्।

बोलपत्र पेश गर्दा न्यूनतम मूल्य २१० रुपैयाँ वा सो भन्दा बढी मुल्य अंकित गरी न्यूनतम १००० कित्ता वा १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन एनएमबि क्यापिटलको कार्यालय नागपोखरीबाट प्राप्त गर्न र बुझाउन सकिनेछ ।

बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।