मञ्जुश्री फाइनान्सको साढे १२ हजार संस्थापक शेयर लिलामीमा

0
Shares

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा आएको छ ।

कम्पनीले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयरको लिलामी बिक्री खुला गरेको हो ।

उक्त लिलामी शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यसअनुसार लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिप्रस्धात्मक मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

यस्तै उक्त शेयर खरीद गर्न चाहने लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालय लाजिस्पाटबाट बोलपत्र भर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।