प्रभु क्यापिटलको नि:शुल्क डिम्याट खाता योजना, ‘रिफर’ गर्नेलाई थप छुट


प्रभु क्यापिटलले चालु आर्थिक वर्षमा कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

क्यापिटलले २०७८ श्रावण १० गतेबाट “समर डिम्याट स्किम” सुरु गर्दै यस्तो घोषणा गरेको हो ।

साउन १० गतेदेखि ३२ गतेसम्म सञ्चालन हुने योजनामा डिम्याट खाता खोली १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सुविधा प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

साथै आफ्नो साथीभाई तथा परिवारका सदस्यहरुलाई यो ‘स्किम रिफर’ गरी १० जनालाई डिम्याट खाता खोलाउनेलाई थप १ वर्षको लागि निःशुल्क डिम्याट तथा मेरो शेयर नविकरण गरिदिने क्यापिटलले जनाएको छ ।

क्यापिटलको वेबसाइटबाट डिम्याट खाताका लागि आवेदन दिन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० साउन २०७८, आइतबार  १३ : ५६ बजे