मर्जर प्रकृयामा रहेको धौलागिरी लघुवित्तको नाफामा उच्च सुधार

0
Shares

नेप्सेमा सूचीकृत आँधिखोला लघुवित्तसँग मर्जर सम्झौतामा रहेको धौलागिरी लघुवित्तको खुद नाफामा उच्च सुधार देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ८८ लाख रुपैयाँ नाफा गरेको लघुवित्तले एक करोड ७४ लाख रुपैयाँले नाफा बढाएको छ । २०७८ असार मसान्तमा कम्पनीको नाफा तीन करोड ५० लाख ८६ हजार रुपैयाँ छ ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५०.१२ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ८ करोड ६० लाख ५० हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवको तुलनामा २ करोड ५२ लाख रुपैयाँ बढी हो ।

लघुवित्तले असार मसान्तसम्म ५१ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा ३५ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थासँग पाटी गरेर एक करोड दुई करोड ७४ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

यसबाट लघुवित्तले ८ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी र तीन करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा थियो ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.२७ प्रतिशत छ ।

आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्तबीच २०७६ पुस २ गते मर्जर सम्झौता भएरपनि पछिल्लो समय भने मर्जर तोडिएको अवस्था छ । आँधीखोलालाई अर्को लघुवित्तसँग मर्जर नगरी कारोबार खुला गर्न नदिनेमा राष्ट्र बैंक रहेको छ ।

धौलागिरीसँग मर्जर भाँडिएको आँधीखोला लघुवित्त अर्को मर्जरमा नगएसम्म शेयर कारोबार नखुल्ने

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।