आइतबार ९ कम्पनीका लगानीकर्ता भए मालामाल

0
Shares


शेयर बजारले ऐतिहासिक उचाई कायम गर्दा आइतबारको बजारबाट ९ कम्पनीको शेयरमा लगानी गरेकाहरु मालामाल भएका छन् ।
नेप्सेका अनुसार आज विभिन्न ९ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यसदिन विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, पञ्चकन्या माई हाइड्रो, कालीका पावर कम्पनी, जोशी हाइड्रोपावर, यूनिभर्सल पावर र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले कुस्त नाफा आर्जन गरेका हुन् ।

यसैगरी अरुण काबेली पावर, दिब्यश्वरी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, र पाँचथर पावर कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबार नेप्से १.८१ प्रतिशत अर्थात ५४.३१ अंकले बजार बढेसँगै ३०५८.६३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । गत जेठ ३१ गते ३०२५ दशमलव ८२ अंकमा पुगेर नेप्से ओरालो लागेको थियो ।

नेप्सेका अनुसार आज २२३ कम्पनीका ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा लक्ष्मी उन्नत्ती कोषका लगानीकर्ताले सबैभन्दा बढी ३.९५ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको लगानीकर्ताले भने ३.७० प्रतिशतले घाटा ब्यहोरेका छन् ।

बैंकिङमा बहार छाएपछि नेप्से हालसम्मकै उच्च बिन्दुमा, १४ अर्ब बढीको शेयर किनबेच

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।