राष्ट्रिय वाणिज्य बैंकले धितोपत्रको कारोबार तथा बजार निर्माताको काम गर्न सहायक कम्पनी खोल्ने

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभाले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उक्त प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने बताए ।

तर यता अर्थ समितिले समग्र पूँजी बजार तथा बैंकलाईं ब्रोकर लाइसेन्स दिने नदिनेमा अध्ययन समिति गठन गरेको छ भने यता नेप्सेले आवेदन  प्रक्रिया बन्द गरेको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।