‘८% नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड, २०७८’ को सूचीकरण खारेज भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार उक्त ऋणपत्र साउन १० गते परिपक्व भएपछि नेप्सेबाट उक्त कम्पनीको सूचीकरण खारेज गरिएको हो ।
बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर प्रतिइकाई हजार रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
बैंकले जारी गरेको ऋणपत्र परिपक्व भएकाले आइतबारदेखि सूचीकरण खारेज गरिएको हो ।
सूचीकरण खारेज भएसँगै सोमबारदेखि ‘८% नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड, २०७८’ को कारोबार नेप्सेमा हुनेछैन। अब उक्त बण्डका लगानीकर्ताले अन्तिम किस्ता र साँवा फिर्ता पाउनेछन् ।
अन्तिम सावाँ र ब्याज भुक्तानीका लागि भने बैंकले छुट्टै सूचना जारी गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया