ज्योति विकास बैंकको डेढ अर्बको ऋणपत्र बाँडफाँड

0
Shares

ज्योति विकास बैंक (JBBL) ले बिक्रीमा ल्याएको एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र शुक्रबार बाँडफाँड भएको छ ।

बैंकले रितपूर्वक प्राप्त आवेदनहरु प्रशोधन गरी सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरका आवेदकलाई प्राप्त आवेदनको हकमा आंशिक रुपमा बाँडफाँड गरिएको जनाएको छ ।

बैंकले असार २० गतेदेखि ३० गतेसम्म प्रतिइकाई १ हजारका दरले १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
कुल १५ लाख कित्तामध्ये बैंकले ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

बैंकको ऋणपत्रको निष्काशन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले निष्कासन गरेको दश वर्षे अवधिको ऋणपत्रमा वार्षिक ९ प्रतशित व्याजदर पाउनेछन्

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।