स्वरोजगार लघुवित्तको नाफा १७० प्रतिशतले बढ्यो

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) को खुद नाफा १६९.६४ प्रतिशतले बढेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १५ करोड ४३ लाख २१ ह्जार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको नाफा ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत बढेर ३४ करोड २ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६०६.०६ प्रतिशत बढेर १३ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ६.२८ प्रतिशतले बढेपछि लघुवित्त कम्पनीको पूँजी ४१ करोड १२ लाख हुँदा वार्षिक प्रतिशेयर आम्दानी २२.७३ रुपैयाँ बढेर ३७.५२ रुपैयाँ पुगेको छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.६३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५०.४२ रुपैयाँ छ ।

लघुवित्तको निक्षेप ४८.०७ प्रतिशत बढेर २ अर्ब ५७ करोड र कर्जा लगानी ७५.४९ प्रतिशत बढेर ५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको जगेडा कोषको आकार ८८.७८ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।