मैलुङ खोलाको आइपीओमा २३ गुणा बढी शेयर माग, साढे ११ लाखले गरे आवेदन

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आइपीओ) मा सर्वसाधारणमा माग गरिएको शेयरको तुलनामा २३.४५ गुणा धेरै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साढे ५ बजेसम्ममा ११ लाख ५८ हजार ५८५ वटा आवेदनबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ५७ हजार ३४० कित्ता शेयर माग भएको हो ।

कम्पनीले सर्वसाधारणबाट ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन माग गरेको थियो ।

मैलुङ खोला जलविद्युत कम्पनील साउन १४ गते बिहीबारदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ५ प्रतिशत बराबरको ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्ड र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी शेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

मैलुङ खोलाको आईपीओको बिक्री खुल्यो, कस्तो छ कम्पनी ?

 लगानीका लागि तयार हुनुहोस्ः मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि बिक्रीमा आउँदै

आवेदन दिएको ४ वर्षपछि मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।