मैलुङ खोलाको आईपीओमा पौने १८ लाखले गरे आवेदन, सोमबार निष्काशन बन्द हुँदै


मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आइपीओ मा आइतबार साँझसम्ममा पौने १८ लाख वटा आवेदन परेको छ । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा १७ लाख ७६ हजार ७११ आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर माग गरेका हुन् ।

कम्पनीले कम्पनीले सर्वसाधारणमा ६ लाख ८४ हजार ७४६ कित्ता मात्र शेयर निष्काशन गरेको हो । निष्काशित शेयरभन्दा ३५.२८ गूणा बढी शेयर माग भएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गते बिहीबारदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ५ प्रतिशत बराबरको ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्ड र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी शेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।