एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

एभरेष्ट इन्स्योरेन्सले लिलामीमा राखेकोे शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक तथा सधारणगरी ५ लाख २९ हजार ७८० कित्ता शेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले हकप्रदमा नबिकेको १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ कित्ता साधारण शेयर लिलामीमा राखेको हो। इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गतेसम्म हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आबेदन गर्न सकिनेछ। अधिकत्तम सबै कित्ताको लागि बोलपत्र पेश गर्न सकिन्छ। बोलपत्र पेश गर्ने समय भदौ ८ गतेसम्म रहेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ । यस्तै सिद्धार्थ बैंकको विराटनगर, वित्र्तामोड, वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिनेछ ।