आरएसडिसी लघुवित्तको प्रगति सामान्य

0
Shares


आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को प्रगति सामान्य देखिएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । अघिल्लो आवको यसै अवधिमा ७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १५.४६ प्रतिशतले बढेको हो ।

लघुवित्तको निष्क्रिय कर्जा केही बढेका कारण सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा खुद नाफामा असर पुगेको हो ।

चुक्ता पूँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १२.४४ रुपैयाँ छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२०.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.६८ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत, लघुवित्तको सापटी २२.३४ प्रतिशत, कर्जा २२.३४ प्रतिशत, खुद ब्याज आम्दानी १५.४१ प्रतिशत, सञ्चालन नाफा १८.४७ प्रतिशतले बढेको छ ।

चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले ३ अर्ब ७ करोड ४६ लाख रुपैयाँ सापटी गरी ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १६ करोड ४० लाख र माइक्रोफाइनान्सको सञ्चालन नाफा १२ करोड ४५ लाख रहेको छ ।

लघुवित्तको जगेडा कोषमा १५ करोड ३४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १४ करोड ६६ लाख मात्र थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।