प्रि-ओपनिङ्गमा ४९ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा झिनो सुधार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा ४९ कम्पनीके शेयरमूल्य बढेपनि नेप्सेमा भने झिनो मात्र सुधार देखिएको छ ।

आज नेप्से ६.९० अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ८७ दशमलव ९१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६८ कम्पनीका १८ हजार ४१२ कित्ता शेयर १ करोड १६ लाख १५ हजार १२६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।