सुनको भाउ तोलामा १०० रुपैयाँले घट्यो, चाँदीको स्थिर

0
Shares

सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन सोमबार थप १०० रुपैयाँ सस्तिएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यस दिन चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँ कायम गरिएको संघले जानकारी दिएको छ । शुक्रबारदेखि चाँदी यहि मूल्यमा कारोबार हुँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।