मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) भर्न नपाएका लगानीकर्ताले मंगलबार साढे १ बजेसम्म उक्त कम्पनीको भर्न सक्ने भएका छन् ।
सोमबार सिंहदरवार स्थित डेटा सेन्टर जिआईडिसी (गभरमेन्ट इन्ट्रिगेटेड डेटा सेन्टर) मा विधुत आपूर्तिमा समस्या आउँदा सिडिएस एण्ड क्लियरिङको मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत साढे ३ बजेदेखि लगानीकर्ताले मैलुङ खोला जलविद्युतको आईपीओ भर्न सकेका थिएनन् ।
हाल मर्मत कार्य सम्पन्न भई सबै सेवाहरु सुचारु भइसकेको अवस्थामा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सोमबार शेयर भर्न नपाएकाले मंगलबार अपरान्ह बाह्र बजेदेखि साढे १ घण्टाको समय थप गरेको हो ।
सिडिएससीको सूचनामा भनिएको छ “ यस लिमिटेडको सर्भर तथा उपकरणहरु सिंहदरवार स्थित डेटा सेन्टर जिआईडिसी (गभरमेन्ट इन्ट्रिगेटेड डेटा सेन्टर) मा विधुत आपूर्तिमा समस्या आई सम्पूर्ण सेवा मिति २०७८।४।१८ दिउँसोको ३।३० बजे देखि बन्द भएको र हाल मर्मत कार्य सम्पन्न भई सबै सेवाहरु सुचारु भइसकेको अवस्थामा मैलुंग खोला जलविधुत कम्पनी लि को आईपीओ भर्ने समय आज मिति २०७८।०४।१९ मा अपरान्ह बाह्र बजेदेखि १ः३० बजे सम्म, १ घण्टा ३० मिनटको लागि समय थप गरिएको जानकारी गरिन्छ । यस बाट सेवाग्राही मा पर्न गएको असुबिधा प्रति यस लि क्षमाप्रार्थी छ ।”
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारदेखि साउन १८ गते सोमबारसम्म आईपीओ निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त संस्था र मेरो शेयरको वेवसाइट तथा मोबाइल एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा मंगलबार साढे १ बजेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया