
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा ८७.२४ प्रतिशतले बढेको हो । सम्भावित जोखिम बापत ५१ करोड १२ लाख रुपैयाँ व्यवस्था गरेको लघुवित्तले ५७ करोड १३ लाख बढी खराब कर्जा असुलीले कम्पनीको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी एक अर्ब ८३ करोड रूपैयाँ रहेको प्रतिशेयर आम्दानी ६६.४४ रुपैयाँ छ । यस्तै प्रतिशेयर नेटवर्थ २७०.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.१६ गुणा छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २२ प्रतिशत, जगेडा कोष ८४.२२ प्रतिशत, निक्षेप २०.२२ प्रतिशत, सापटी ५२.४२ प्रतिशत, कर्जा लगानी २९.६१ प्रतिशत, खुद ब्याज आम्दानी १७.७५ प्रतिशत र सञ्चालन नाफा ५१.८३ प्रतिशतले बढेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले २२ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन, ६ अर्ब २१ करोड सापटी लिएर २५ अर्ब १० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २ अर्ब ६ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी र एक अर्ब ३२ करोड २० लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १ अर्ब ६९ करोड ४४ लाख ७६ हजार रहेको थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.१८ बिन्दु बढेर ०.६३ प्रतिशतमा पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया